
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेका छन्।
पितृशोकमा रहेका भट्टराईलाई प्रचण्डले कोटेश्वरमा पुगेर भेट गरेका हुन्। बाबुरामका बाबु भोजप्रसादको माघ २२ गते निधन भएको थियो।
भट्टराईले बाबुको किरियाकर्म भने गरेका छैनन् । न उनी सेतो वस्त्रमा छन् न त कपाल नै काटेका छन् ।
संयोजक प्रचण्डले भोजप्रसाद भट्टराईप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका थिए।










Facebook Comments