काठमाडौं । निर्वाचन आयोगद्वारा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेज गर्ने गरी भएको निर्णयविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

चौधरीले दायर गरेको रिटमा न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइ शुरु भएको हो । सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यसअघि उक्त विवादमा आयोगसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो । 

ad

निर्वाचन अधिकृतको कार्यालयले टीकापुर हिंसा प्रकरणको कसुर र कैदको अभिलेख कायमै हुने भन्ने आधारमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति कैलाली क्षेत्र नम्बर–१ बाट मनोनयनपत्र दर्ता गराएका चौधरीको उमेदवारी खारेज गरिदिएपछि चौधरीले यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो ।