काठमाडौं । नेपाली कांग्रेसको आज भर्चुअल रूपमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले  ‘निर्वाचन परिचालन निर्देशिका ०८२’ पारित गरेको छ । 

‘फागुन २१ को आमचुनावका लागि मेरो २१ दिन भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म जसको पदीय जिम्मेवारी जहाँ उसले खट्ने त्यहाँ नीतिअन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ,’ निर्देशिकामा उल्लेख छ।

ad


साथै संघ, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रले निश्चित जिम्मेवारीसाथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि तततत स्थानमा कार्य सकेर पुनस् आफ्नै जिल्लार क्षेत्रर पालिका र वडामा केन्द्रित रहनुपर्ने निर्देशिकामा उल्लेख छ।
तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएकाबाहेक अरू सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आआफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहनुपर्ने पनि कांग्रेसले जनाएको छ।


‘एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगएर हाम्रो वडा हामी जिताउँछौं उद्घोषसाथ आआफ्नै वडामा खट्नुहुनेछ,’ निर्देशिकामा उल्लेख छ, ‘पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थामा आवद्धहरूले सोही बमोजिम जिम्मेवारी निभाउनु हुनेछ । 

आजको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका— ०८२ र नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका — ०८२  प्रस्तुत गरेका थिए भने उक्त निर्देशिका पारित भएको छ। उपसभापति शर्मा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक हुन् ।