
काठमाडौं । इलाममा शनिबार (माघ २४) भूकम्पको धक्का महसुस गरिएको छ ।
बेलुका ६ः५० बजे ५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
उक्त भूकम्पको केन्द्रविन्दु माईजोगमाई गाउँपालिकाको नयाँबजार आसपास रहेको केन्द्रले जानकारी गराएको छ ।
यसअघि, गएको पुस १९ गते उदयपुरमा ४।३ म्याग्निच्युडको भूकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।










Facebook Comments