काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवार गोविन्द काराखेतीलाई निष्कासन गरेको छ । श्रीमतीलाई हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएका कारण उनी कारबाहीमा परेका हुन् । 

काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि शुक्रबार निष्कासन गरिएको प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले जानकारी दिए ।

ad

पार्टी हितविपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएको आरोप उनीमाथि लगाएर बिदा गरिएको हो ।

प्रलोपबाट उम्मेदवार बनेपछि नेताहरूसँग रकम मागेको र श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिकमा राखेको पाइएकाले निष्कासन गरिएको राईले बताए।

काराखेतीलाई निष्कासन गरेपछि रुपन्देही–३ मा पार्टीको उम्मेदवार खाली भएको छ । अब त्यहाँ कुनै दलका उम्मेदवारलाई समर्थनको निर्णय प्रलोपाले लिने भएको छ।