
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन्। झापा–५मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका ओली शुक्रबार काठमाडौंबाट झापा पुगेका हुन्।
झापा पुगेर ओली आफूसँग भिड्न आउने छोरा नाति पुस्तालाई स्वागत गर्ने प्रतिक्रिया दिएका छन्। झापा पुगेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह(बालेन)सँगको प्रतिस्पर्धालाई लिएर पत्रकारले सोधेको प्रश्नमा ओलीले यस्तो बताएका हुन्।
‘भिड्न आउँछु भन्नेलाई स्वागत गर्छु, खुसी लाग्छ,’ ओलीले भने,‘नयाँ हाम्रा भाइ, भतिजा, छोरा, नातिहरूको पुस्ताले सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा छ र?’
झापा–५ मा ओलीसँग रास्वपा वरिष्ठ नेता बालेन चुनावी प्रतिस्पर्धामा छन्। बालेनबाहेक नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले पनि ओली विरुद्ध युवा नेता रञ्जित तामाङलाई मैदानमा उतारेको छ ।










Facebook Comments