
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको छ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्षसमेत रहेका प्रसाइँ वीरगन्जको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो । उनको समुहले स्थानीय प्रशासनको अनुमति नलिईकन वीरगञ्जमा कार्यक्रम गर्न लागेपछि उनलाई पक्राउ गरिएको प्रहरीस्रोतले जनाएको छ ।
गत माघ ५ गते पनि प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा उनलाई पोखराबाट पक्राउ गरेको थियो। पक्राउ गरेको भोलिपल्टै प्रसाईं हाजिरी जमानीमा रिहा भएका थिए।










Facebook Comments