काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाललाई जसरी हिजो हिंसाको आहालबाट बाहिर निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट बाहिर निकाल्ने बताएका छन् ।

नेपाली कांग्रेस, कास्कीले आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै सभापति थापाले मुलुकमा देखिएको निराशाको मुख्य जड भ्रष्टाचार रहेको बताए । अहिले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको पनि बताए । उनले उत्तेजना फैलाउनेभन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्ने बताए ।

ad

उनले जनताको घरदैलोमा जाँदा कांग्रेसले देश सम्हाल्छ र सुधार्छ भन्ने सन्देश लिएर जान पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।