काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले सभापतिमा चयन भएपछि गगन थापा पहिलो पटक पोखरा गएका छन् । आज बिहान पोखरा विमानस्थलमा थापालाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितका कांग्रेस नेताहरूले स्वागत गरेका छन्।

सभापति थापा नेपाली कांग्रेस कास्कीले चिप्लेढुंगाको पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा सहभागी हुनुका साथै कांग्रेस गण्डकीको बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।

ad

उनले गण्डकी क्षेत्रका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ता एवं उम्मेदवारसँग छलफल गर्ने कार्यक्रम रहेको पनि नेपाली कांग्रेस, कास्कीले जनाएको छ ।