
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रतिनिधि सभाको निर्वाचनमा कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने बताएका छन्।
बिहीबार निर्वाचन सम्बन्धी नियमित पत्रकार सम्मेलनमा उनले कांग्रेसले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताउँदै चुनावपूर्व कसैसँग पनि गठबन्धन नहुने बताएका हुन्।
‘कुनै पार्टीसँग हाम्रो चुनावसँग लक्षित भेटघाट भएको छैन। चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन,’ उनले भने ‘पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको छ। सभापतिले पनि सार्वजनिक रूपमा भनिराख्नुभएको विषयमा भ्रममा नपर्न आग्रह गर्छु।’










Facebook Comments