काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य चुनावमा पार्टीका उम्मेदवारलाई जिताउनका लागि विशेष भूमिका खेल्ने निर्णय गरेको छ । 

संघको वुधबार बसेको बैठकले नेपाली कांग्रेसको परिपत्र अनुसार खेलकुद संघमा रहेका केन्द्रदेखि तल्लोतहसम्मका सबैलाई आफ्नो स्थानमा चुनाव प्रचार प्रसार र उम्मेदवारलाई सहजीकरण गर्ने निर्णय गरेको लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनले जानकारी दिए । 

ad

बैठकले चैतमा कृष्ण प्रसाद भट्टराई हाफ म्याराथन गर्ने र त्यसको संयोजन गर्ने जिम्मेवारी महासचिव दीपक गुरुङलाई दिने निर्णय गरिएको छ । यस्तै, वैशाखमा लोकतान्त्रिक खेलकुद संघको स्थापना दिवस भव्य रुपमा मनाउने निर्णय गरेको पनि महासचिव दीपक गुरुङले जानकारी दिए ।