
काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’भन्ने नाराका साथ अघि बढिरहेको एनआई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू प्रदानगर्ने क्रममा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा सुन तथा सुनका गरगहनाधितो राखेर प्रवाह गरिने आकर्षक गोल्ड लोन कर्जा योजना सार्वजनिक गरेको छ ।
समयअनुसारको आवश्यकता र मागहरूलाई सम्बोधनगर्दै बैंकले ग्राहक महानुभावहरूमाझ प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको हो ।
यस योजनाअन्तर्गत ग्राहक महानुभावहरुले रू. ५० लाखसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । औषतआधार दरमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा सहितको प्रतिस्पर्धी ब्याजदरमा सुनको बार तथा सुनका गरगहना धितो राखेर बजार मूल्यको अधिकतम ७० प्रतिशतदेखि ८० प्रतिशतसम्मको कर्जा प्राप्तगर्न सक्नेछन् । साथै, यस कर्जा योजनाअन्तर्गत गरगहनाखरिद गर्नका लागिपनिकर्जा प्राप्तगर्न सकिने सुविधा बैंकले उपलब्ध गराएको छ । ग्राहकमहानुभावहरुले यस योजनाअन्तर्गतको कर्जा तोकिएकाविभिन्न शाखाहरुबाट प्राप्तगर्न सक्ने पनि बैंकले जनाएको छ ।
ग्राहक महानुभावहरूलाई सहज रुपमा कर्जा प्रदानगर्ने र कर्जा सम्बन्धी सल्लाह, सुझावतथागुनासो एवं जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्थाअनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’को समेत स्थापना गरेको जानकारी बैंकले जानकारी दिएको छ ।










Facebook Comments