काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले चुनावी घोषणापत्रको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

एमालेका उम्मेदवारहरूसँगको संवाद कार्यक्रमलाई आज सम्बोधन गर्दै पोखरेलले एमालेले राष्ट्रियहित, स्वतन्त्रताको, स्वाभिमानको सबाल, राष्ट्रियताको सवाललाई  घोषणापत्रमा जोड दिने बताए ।  उनले  सामाजिक सद्भाव कायम गर्ने कुरालाई एमालेले जोड दिने भन्दै विकास निर्माणसँग जोडिएका आयोजनामा केन्द्रीत हुने पनि बताए ।

ad

नेता पोखरेलले एमालेलाई कमजोर बनाउन र सिध्याउन अनेक षडयन्त्र र गतिविधि भएको पनि बताए । आन्तरिक रुपमा सुदृढ हुँदा बाहिरी षड्यन्त्रले एमालेलाई प्रभाव नपर्ने उनको भनाई थियो ।