
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा अत्यधिक चिसो बढेमा दोस्रो चरणमा चुनाव गर्न सकिने बताएकी छन्।
मंगलबार पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा राष्ट्रिय सेवादलको दीक्षान्त समारोहलाई सम्बोधनपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले हिमाली जिल्लमा अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने दोस्रो चरणमा हुने बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले यतिबेला आफूहरूको पूरा ध्यान निर्वाचनमा मात्र केन्द्रित भएको बताउँदै निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा हुने बताइन् ।
प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा गर्न आफू प्रतिबद्ध रहेको उनले बताइन्। अब निर्वाचन सर्ने कुरा नरहेको पनि बताईन् । देशमा स्थायित्व र शान्ति कायम गर्न निर्वाचन कोसेढुंगा सावित हुने प्रधानमन्त्री कार्कीको भनाइ थियो।










Facebook Comments