
काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन)ले मात्रै प्रयोग गर्ने गरेको लिफ्ट मंगलबारबाट सेवाग्राहीका लागि खुला गरिएको छ ।
महानगरको उक्त लिफ्टमा बालेनले आफ्नो पासवर्ड राखेर आफूले मात्रै प्रयोग गर्ने गरेका थिए । कार्यवाहक मेयर सुनिता डङ्गोलको निर्देशनमा लिफ्ट उक्त लिप्mट सेवाग्राहीका लागि खुला गरिएको हो । महानगरको कार्यालयको पार्किङ एरियामा रहेको उक्त लिफ्टको छेउछाउ बालेन मेयर भएका बेला कोही पुग्न पनि पाउँदैन थिए।
महानगरको मेयरबाट राजीनामा दिएर बालेन झापा ५ बाट चुनाव उठेका छन् ।










Facebook Comments