
काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।
बैंकको आज बसेको सञ्चालक समिति बैठकले बैंकर शर्मालाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । शर्मा यस अघि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । त्यसअघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।
बैंकका निवर्तमान सीईओ अशोक शेरचनले आइतबार राजीनामा दिएपछि त्यसलाई स्वीकृत गर्दै शर्मालाई नियुक्त गरेको हो । शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर हासिल गरिसके पछि सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट आफ्नो करियर सुरु गरेका थिए ।










Facebook Comments