
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगन थापा लगायतका नेताहरूको नाम दुरुपयोग गरी ठगी गरेको आरोपमा अध्यागमन कार्यालयले एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ ।
ती अमेरिकन नागरिकले अन्तराष्ट्रियस्तरमा ‘फण्ड’ उठाउने उद्देश्यले कलेजका वेबसाइटहरूमा राष्ट्रियस्तरका राजनीतिक नेताहरूको नाम, तस्बिर राख्दै ‘आवर डाइनामिक टिम’ भनेर उल्लेख गरेर ठगी गरेको अध्यागमन विभागले जनाएको छ ।
उनले आफ्नो कलेजको टिममा केपी शर्मा ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनोद चौधरीलगायत १३ जना नेताहरूको नाम समावेश गरेको पाइएको छ। यसै गरी लाइब्रेरी, क्याम्पस सर्भिस तथा प्रशासनिक टिम भनेर अन्य प्रतिष्ठित नेपालीहरूको समेत नाम उल्लेख गरेको अनुसन्धानमा खुलेको छ।
अहिले पक्राउ परेका ती अमेरिक नागरिक २०१४ देखि नेपाल आउन थालेको देखिएको विभागले जनाएको छ । यो १२ वर्षको अवधिमा उनी ५० भन्दा बढी पटक पर्यटक, वर्किङ, व्यवसायिक भिसामा नेपाल आउने गरेको देखिएको पनि विभागले जनाएको छ।









Facebook Comments