काठमाडौँ । नेकपा एमालेका नेता जीतेन्द्रनारायण देवले पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी ढङ्गले पार्टी सञ्चालन गर्ने नेतृत्वको कार्यशैलीसँग असहमति जनाउँदै पार्टी छाडेका छन् ।

देवले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत विगत लामो समयदेखि देशमा विद्यमान कुशासन, भ्रष्टाचार, लुटतन्त्र, बेरोजगारी तथा युवाहरूको आम विदेश पलायनको विरुद्धमा आक्रोशको विस्फोट थियो भदौ २३ गतेको जेनजी विद्रोह, भन्दै पार्टीलाई सच्चाउने दिशामा लाग्नुको सट्टा यसलाई ‘विदेशी षड्यन्त्र’ देख्ने, पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढङ्गले पार्टी सञ्चालन गर्ने विचार नीति तथा व्यवहारसँग असहमत भई आजैको मितिदेखि नेकपा (एमाले) परित्याग गरेको घोषणा गरेका हुन् ।  

ad

देव २०८१ असार १७ गते नेपाली कांग्रेस छाडेर एमाले प्रवेश गरेका थिए ।