
काठमाडौं । सामाजिक सञ्जालमा पछिल्ला दिनहरूमा केही गम्भीर र असजिला प्रश्नहरू उठाइएका छन्। कसैलाई दोषी ठहर गर्न होइन, सत्य जान्नका लागि यी प्रश्नहरू उठाइएका प्रश्नकर्ताले भनेका छन् ।
रास्वपाले प्रधानमन्त्रीको दाबेदारका रूपमा अघि सारेका बालेन्द्र शाहको चुनावी अभियानका क्रममा बझाङमा पत्रकार दिनेश सिटौला बोहोस भएका थिए । उनको उपचारका क्रममा आइतबार निधन भएसँगै रास्वपा अध्यक्ष रवि लामिछानेका अत्यन्त निकट सहयोगी शालिकराम पुडासैनीको आत्महत्या अनि रविकै चुनावी अभियानमा खटिएका ड्राइभर शम्भू थापाको छतबाट खसेर भएको भनिएका मृत्युहरूलाई स्मरण गर्दै यी रहस्यात्मक मृत्युहरूबारे गम्भीर अनुसन्धान गर्न माग गरिएको छ । ‘लोकतन्त्रमा प्रश्न गर्नु अपराध होइन, कर्तव्य हो’ भन्दै यस्ता प्रश्न उठाइएका हुन् ।
रवि लामिछानेसँगै काम गरेका शालिकराम पुडासैनी टेलिभिजन कार्यक्रममार्फत् उनीसँग प्रत्यक्ष रूपमा जोडिएका व्यक्ति थिए। मृत्युअघिको भिडियो सन्देशमा उनले रविमाथि गम्भीर आरोप लगाउँदै आफूमाथि मानसिक दबाब परेको संकेत गरेका थिए।

त्यसपछि चुनावी अभियानकै क्रममा छतबाट खसेर रहस्यमय रूपमा मृत्यु भएका शम्भु थापाको रहस्यमय मृत्युको घटनाले पनि प्रश्न उठाएका छन्। यदि यस्ता मृत्युहरू अन्य व्यक्तिका सन्दर्भमा भएका भए, के त्यस्तै सहज रूपमा छोडिन्थ्यो ? अनुसन्धान हुन्थ्यो कि हुन्थेन ? रवि लामिछानेसँग जोडिएका घटनामा किन गहिरो छानबिन भएन भन्ने प्रश्न उठ्नु स्वाभाविक होइन र ?
त्यसैगरी, चुनावी अभियानकै क्रममा बालेन शाहको प्रचारमा हिँडेका पत्रकार दिनेश सिटौलाको मृत्युपछि पनि गम्भीर प्रश्नहरू उब्जिएका छन्। सिटौलाको मृत्यु वास्तवमै प्राकृतिक थियो कि होइन ? रवि लामिछानेसँग सम्बन्धित ड्राइभरको मृत्यु र बालेनसँग हिँड्ने पत्रकारको मृत्यु केवल संयोग मात्र हो ? यस्ता घटनाहरू पटक–पटक दोहोरिनु कस्तो संयोग हो ?
बालेन्द्र शाहको सामान्य गतिविधिसम्मका तस्बिर सार्वजनिक हुने देशमा सिटौला बिरामी भएपछि अस्पताल लगिएका तस्बिर किन सार्वजनिक भएनन् ? घरबाट सामान्य अवस्थामा निस्किएका सिटौला एक्कासि मरणासन्न अवस्थामा कसरी पुगे ? अस्पतालले आफन्तलाई शव दिनुअघि भेट्न किन दिएन ? यो सामान्य अस्पताल प्रोटोकल हो कि अपवाद ?

पोस्टमार्टम रिपोर्ट परिवारले पूर्ण रूपमा हेर्न पायो कि पाएन ? मृत्युअघि सिटौलाको मोबाइल, कल रेकर्ड र लोकेसन डाटा जाँच गरियो कि गरिएन ? अन्तिम २४ घण्टा उनी कस–कससँग थिए ? अन्तिम घडीमा उपस्थित व्यक्तिहरूको बयान सार्वजनिक किन छैन ? उनी कुनै संवेदनशील विषयमा काम गरिरहेका थिए कि थिएनन् ? दबाब, धम्की वा असहजताको कुरा कसैसँग गरेका थिए कि थिएनन् ?
यी सबै प्रश्नहरूको उत्तर दिन स्वतन्त्र र विश्वसनीय छानबिन आवश्यक छैन ? ‘सामान्य मृत्यु’ भनेर हतारमा निष्कर्ष किन निकालियो ? ‘म प्रधानमन्त्री बन्छु’ भन्ने बालेनसँग यी प्रश्नहरूको जवाफ छ कि छैन ?
टिप्पणीकर्ताहरूले भनेका छन्, ‘दिनेश सिटौला अब फर्किंदैनन्। तर उनको मृत्युले जन्माएका प्रश्नहरू मरेका छैनन्।’









Facebook Comments