
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो चुनावी अभियानका क्रममा बझाङमा बेहोस भएर आइतबार उपचारका क्रममा निधन भएका चलचित्र पत्रकार दिनेश सिटौलाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । बालेनले लेखेका छन्, ‘अलबिदा दिनेश सिटौला । नेपाली फिल्मको अभिभावक अनि मेरो हितैसी मित्र । तपाईंको अभाव सधैँ खड्किनेछ ।’
उपचारका क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा ब्रेन ह्यामरेजका कारण आइतबार उनको निधन भएको हो । आजै पशुपति आर्यघाटमा अन्त्येष्टि समेत गरिएको छ ।









Facebook Comments