काठमाडौं । नवलपरासी प्रतिनिधि सभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार एवम् नेपाली कांग्रेसका नेता विनोद चौधरीले गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्ने बताएक छन् ।

चुनाव प्रचार–प्रसार समितिको कार्यालय, बर्दघाटमा आयोजित कार्यक्रममा उनले विकासको बाटो कांग्रेसले कोर्ने र गगन थापाको नेतृत्वको कांग्रेसले देश विकासको रेखा कोर्ने पनि बताए । उनले कांग्रेसको इतिहास क्रान्ति र आन्दोलनमार्फत आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणको साक्षी भएको उल्लेख गर्दै अब त्यो इतिहासलाई विकासको मार्गचित्रमा रूपान्तरण गर्ने समय आएको बताए।

ad

“बदल्यौं कांग्रेस, बदल्छौं देश” भन्ने मूल नारासहित भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरू, जिल्ला नेतृत्व र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो। वक्ताहरूले कांग्रेस एक ढिक्का भएर अगाडि बढे जित सुनिश्चित हुने धारणा राखेका थिए । 
निवर्तमान सांसद समेत रहेका चौधरी २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए।