
काठमाडौं । चुनावी यात्राका क्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँगै अछामको मंगलसेन नगरपालिका–४ बाँगापाटामा पुगेका बेला अचानक बेहोस भएका चलचित्र पत्रकार संघ नेपालका पूर्व अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ ।
ग्रान्डी अस्पतालले विज्ञप्ति जारी गर्दै आइतबार १२स् ४५ बजे सिटौलाको निधन भएको जनाएको छ । काठमाडौंको टोखा निवासी सिटौला बालेनको टोली सदस्यका रूपमा अछाम पुगेको बेला एक्कासी बेहोस भएपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।
उपचारमा संलग्न एक चिकित्सकका अनुसार सिटौलालाई ब्रेन ह्यामरेज पुष्टि भएको छ।









Facebook Comments