काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएका छन् । गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले बैठकका निर्णयहरू सार्वजनिक गर्दै विभिन्न महत्वपूर्ण निर्णय गरिएको जानकारी दिएका छन् ।

प्रवक्ता अर्यालका अनुसार नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आगामी ०८२ साल माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा जाने प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरिएको छ । 

ad

त्यस्तै, नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचनासम्बन्धी सुझाव समिति–२०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

बैठकले २०८२ साल फागुन १ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल तथा रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय पनि गरेको प्रवक्ता अर्यालले जानकारी दिएका छन् ।

यस्ता छन् निर्णयहरू

१. नेपाल र जापानबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको उपलक्ष्यममा २०८२ साल माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृत दिने निर्णय गरियो ।
२. नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुर्नसंरचनासम्बन्धी सुझाव समिति २०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरियो ।
३. मिति २०८२ फागुन १ देखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरियो ।