
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित ब्ल्याक हाउस डान्स क्लबमा आज बिहान लागेको आगलागी नियन्त्रणमा आएको छ ।
होटल उडल्याण्डको माथिल्लो तलामा रहेको उक्त क्लबमा आज बिहान आगलागी भएको थियो । आगलागीको कारण भने खुलिसकेको छैन । काठमाडौं महानगरका ४ वटा दमकलले आगो नियन्त्रणमा लिएको थियो ।









Facebook Comments