
काठमाडौं । प्रहरीले काठमाडौंको मूलपानीबाट बुधबार राती १० जना लुटेरा समूहलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
बिहान र साँझको समयमा महिलाहरूको सिक्री लुटपाट गर्ने १० जनाको समूहलाई प्रहरीले बुधबार राति नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण गर्ने प्रयास गरेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले यो घटनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दैछ ।









Facebook Comments