
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सल्यानबाट स्वतन्त्र उमेदवारी दिएका जुद्धबहादुर सिंह पक्राउ परेका छन् ।
बुधबार साँझ काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पअगाडि खतरा लेखिएको झोला फालेर भाग्न खोज्दा सेनाको टोलीले नियन्त्रणमा लिएको हो ।
सिंहलाई जिल्ला प्रहरी परिसरको जिम्मा लगाइएको छ । जिल्ला प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीले सिंहमाथि थप अनुसन्धान भइरहेको बताए । झोलाभित्र भने इँट्टा भेटिएको डीएसपी बुढाथोकीको भनाइ छ ।








Facebook Comments