काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द (विप्लव) लाई आत्मसमीक्षा गर्दै मूलधारमा फर्किन आह्वान गरेका छन् ।

आज बुधबार नेकपाको केन्द्रीय कार्यलय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कम्युनिस्ट आन्दोलनलाई सुदृढ गर्न एकता आहिलेको आवश्यकता भएको पनि बताए ।

ad

उनले विप्लव एकतामा प्रक्रियामा आए फेरि स्वागत गर्न आफूहरू तयार रहेको बताए । आज विप्लव नेतृत्वको नेकपा (माओवादी) का नेता चिरञ्जीवि ढकाल नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका हुन् । सयोजक प्रचण्डले ढकालसहितका नेताहरूलाई पार्टीमा स्वागत गरेका थिए ।