
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको चुनाव परिचालन समितिले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’भन्ने नीति बनाएको छ ।
नीति अनुसार यही माघ २१ गतेदेखि फागुन २१ सम्म कांग्रेसको विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरू आआफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने
संयोजक शर्माले केन्द्रीय कार्यालयमा भईरहेको प्रदेश स्तरीय विशेष आन्तरिक छलफलमा यो नीति माघ २१ गतेबाट लागु हुने जानकारी दिएका हुन् ।
निर्देशिकामा समेट्ने विषयबारे माघ १३ गते कर्णाली र सुदूरपश्चिमको छलफल सकिएको छ । बुधबार गण्डकी प्रदेशसँग छलफल भईरहेको छ ।
छलफलमा सम्बन्धित प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने वर्तमान र निवर्तमान केन्द्रीय पदाधिकारी र सदस्य, जिल्ला सम्पर्क समितिका सभापति एवं काठमाडौँमा रहेका विभिन्न पेसा व्यवसायमा संलग्न काँग्रेसका शुभेच्छुक एवं युवाहरू सहभागी भइरहेका उपसभापति शर्माको सचिवालयले जानकारी दिएको छ ।










Facebook Comments