
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस, एमाले, रास्वपालगायत दलले भावी प्रधानमन्त्रीको रूपमा गगन थापा, केपी ओली र बालेनलाई उम्मेदवारका रुपमा अघि सारेका छन् ।
भावी प्रधानमन्त्रीका यी तिनै दाबेदाबीच सार्वजनिक बहस गराउने कुरा मिडियामा अघि सारिए पनि ओली र बालेनले फेसबुकमै बाझेर एक–अर्काप्रति उत्तेजक अभिव्यक्ति दिएर प्रतिशोधको राजनीति सतहमा ल्याएका छन् ।
तर, यी दुवैभन्दा बढी भरपर्दा र सुझबुझयुक्त एवं सन्तुलित देखिएका छन्– गगन थापा । कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेका थापाले कांग्रेसमा एकता कायम राख्न संस्थापन (देउवा पक्ष)का नेताहरूप्रति नरम व्यवहार गर्न र उत्तेजक अभिव्यक्ति नदिन नेता–कार्यकर्तालाई निर्देशन नै दिए । निर्वाचनमा पनि उनी अन्य दलका उम्मेदवारविरुद्ध उत्तेजक देखिएका छैनन् ।
आफू उत्तेजनाको राजनीतिमा विश्वास नगर्ने भन्दै फरक सन्देशसहित गगन अहिले मधेस झरेका छन् । उम्मेदवारी दर्ताको ६ दिनपछि सोमबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगेर भिडियो सन्देश जारी गर्दै उनले मधेससँगको सम्बन्धलाई औपचारिक मात्र नभई भावनात्मक रूपमा प्रगाढ बनाउन आफू त्यहाँ आएको बताए ।
काठमाडौं–४ का मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै उनले मधेसका मुद्दा बुझेर मात्रै देशको समग्र समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे ।
मधेशका कुरा काठमाडौंलाई सुनाउन र काठमाडौंका कुरा मधेशलाई बुझाउन आफूले क्षेत्र परिवर्तन गरेको भन्दै उनले उत्तेजनाको साटो राष्ट्रिय एकता र अधिकारको राजनीतिमा जोड दिए ।










Facebook Comments