
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै ५ उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।
स्पष्टीकरण सोधिएकाहरूमा झापा–५ का रास्वपाका उम्मेदवार बालेन्द्र शाह (बालेन), भक्तपुर २ का एमालेका उम्मेदवार महेश बस्नेत, सुनसरी १ का श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ र रूपन्देही २ का निकोलस भुसाल छन् ।
बालेनमाथि सोही क्षेत्रका उम्मेदवार केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा गरेको अमर्यादित टिप्पणीका आधारमा स्पष्टीकरण सोधिएको छ । बस्नेतलाई बालेनलाई छाउरा भनेको लगायतका विषयमा, साम्पाङलाई चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएको विषयमा र भुसाललाई जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिह्न भनी प्रचार गरेको भन्दै स्पष्टीकरण सोधिएको छ ।
यस्तै, भक्तपुर २ की उम्मेदवार जानुका पाठकलाई पनि उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको, हत्यारा, बलात्कारीजस्ता शब्द प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।








Facebook Comments