
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू नौटंकी र चटके कुरा नजान्ने भन्दै सर्लाही–४ का जनताको जिम्मेवार साथी, भाइ वा छोरा बनेर काम गर्ने बताए।
आज बिहान आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आफु सुझबुझ गरेरै मधेशमा उम्मेदवारी दिएको प्रष्ट पारे । उनले सर्लाहीका जनतासँग केवल मत माग्नका लागि मात्र नआएको भन्दै यहाँको माटो र मानिससँग भावनात्मक सम्बन्ध गाँस्न चाहेको पनि बताए ।
मधेश आउने कुरा मेरो छनोटको कुरा हो, मेरो सुझबुझको कुरा हो। मैले एकदम रोजेर, छानेर म यहाँको यहाँको माटोसँग म जोडिन्छु भनेर आएको हो,’ उनले भने ।
मधेशको मुद्दा थाहा पाउन, बुझ्न र भोलि त्यसका बारेमा लड्न, बहस गर्न सहज होस भनेर भित्री मधेशको जिल्ला आफ्नो रोजाइमा परेको उनले स्पष्ट पारे ।










Facebook Comments