
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका छन् । स्थानहद फुकुवापछि पहिलोपटक गृहजिल्ला कञ्चनपुर पुगेका मन्त्री लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका हुन् ।
स्थानहद फुकुवापछि लेखक पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन् । नेपाली कांग्रेसले लेखकको निर्वाचन लड्दै आएको क्षेत्र नम्बर ३ मा यसपटक हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ ।
‘अहिले देश अप्ठ्यारो अवस्थामा छ, संविधान लिकबाट बाहिर भएको छ, लोकतन्त्र जोखिममा छ,’ लेखकले भने, ‘यस्तो बेलामा सबै साथीहरू मिलेर कांग्रेसलाई बलियो बनाउनुपर्छ।’
उनले कांग्रेसका उम्मेदवारलाई जिताउन सबैले लाग्नुपर्ने बताए । देशको अवस्था सामान्य नभएकाले संविधान लिकमा ल्याउनका लागि कांग्रेसले जित्नुपर्ने उनको भनाइ थियो ।










Facebook Comments