काठमाडौं । आगामी फागुन २१ गते हुने ’जेन्जी आन्दोलन’ पछिको अर्ली इलेक्सनका लागि नेपाली कांग्रेसले सिन्धुली क्षेत्र नम्बर १ मा अविचलित रुपमा निष्ठाको राजनीति गर्दै आएका उज्ज्वल बराललाई उम्मेदवार बनाएपछि सिन्धुलीका कांग्रेस नेता तथा कार्यकर्ताहरुमा मात्र होइन, जनस्तरमा उत्साह छाएको छ ।  

बरालले आफ्नो उम्मेदवारीलाई पार्टीप्रतिको निष्ठा र त्यागको सम्मानका रूपमा लिएका छन् । बरालले नेपाली कांग्रेसको परम्परागत आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादसँगै अब बदलिएको परिस्थिति अनुसारका एजेन्डाहरूलाई अगाडि बढाउने बताएका छन् । 

ad

पार्टीको विशेष महाधिवेशनले नीति, नेतृत्व र विधानमा ल्याएको परिवर्तनले देशभरका कार्यकर्तामा नयाँ उत्साह थपेको र यसले चुनावमा सकारात्मक प्रभाव पार्ने बरालको विश्वास छ । उनी राजनीति सत्ता प्राप्तिको साधन मात्र होइन, जनताको जीवनस्तर बदल्ने माध्यम हुनुपर्नेमा अडिग छन् । 

कांग्रेसको संगठन विस्तार, लोकतान्त्रिक मूल्य, मान्यताको संरक्षण र स्थानीय तहमा जनसेवाको अभियानसँग जोडिएका बराल सिन्धुली जिल्लामा पार्टी संगठन विस्तार, कार्यकर्ताबीच समन्वय र जनसम्पर्क अभियानलाई प्राथमिकता दिंदै आएका छन् । पार्टीभित्र उनी विचार र निष्ठालाई महत्व दिने नेताका रूपमा परिचित छन् ।

परिवर्तन चाहने मतदाताका लागि उनी आशा र भरोसाको विकल्पका रूपमा छन् । पुराना अनुभव र नयाँ पुस्ताको ऊर्जा मिलाएर कांग्रेसलाई जनमुखी बनाउनुपर्ने उनको स्पष्ट धारणा छ ।