
काठमाडौं । नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगतमा दलीय खिचातानीका कारण समयमै नीतिगत निर्णय नहुने गरेको बताउँदै नीतिगत सुधार गर्न अहिले उपयुक्त समय रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले विगतमा ‘तालमेल नमिलेर कतिपय गर्नैपर्ने कामहरु नहुने गरेको बताए । अध्यक्ष ढकालले भन्सारबाट आउने रेभिन्यूलाई सरकारले प्राथमिकतामा राख्दा उद्यमशीलताको विकासमा कुनै असर नगर्ने गरी अघि बढ्नुपर्ने बताए ।









Facebook Comments