
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही– ४ प्रस्थान गरेका छन् ।
सभापति थापाको सचिवालयका अनुसार उनी बिहान १०ः३० बजेको बुद्ध एयरमार्फत सिमारा हुँदै सर्लाही प्रस्थान गरेका हुन् । वारिस मार्फत उम्मेदवारी दर्ता गराएका थापा उम्मेदवारी दर्तापछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ गएका हुन् ।
कांग्रेस नेता शंकर तिवारीले सर्लाहीतर्फ प्रस्थान गरेको तस्विर सार्वजनिक गरेका छन् ।










Facebook Comments