काठमाडौं । नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ ।

बाँकी हिमाली भू-भागमा आंशिक बादल लागी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात÷वर्षा भैरहेको छ ।

ad

दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु÷कुहिरो रहनेछ । देशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

राती कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागी बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको छ ।