काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले मुलुकमा ठूलो फेरबदल जरुरी रहेको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा राजतन्त्र हटाएर गणतन्त्र ल्याएपछि राजनीतिक दलहरूले सञ्चालन गरेको सरकारको क्षमता र स्तर आफूले हेरिसकेकाले अब वर्तमान शासन प्रणालीबाट पार नलाग्ने बताए । उनले ठुला पार्टीहरू भ्रष्टाचारमा लिप्त भएको र नागरिकका काम नगरेकाले अब राप्रपा नै एक मात्र विकल्प रहेको बताए । मुलुकमा धर्म, संस्कृति, परम्परालाई कायम राख्न पनि पनि राजतन्त्रको पुनः स्थापना जरुरी रहेको बताए ।

ad

उनले भने ‘यो मुलुकमा हामीले धेरै हेरिसक्यौँ । ठुला पार्टीहरूबाट चलाइएको, ठुला पार्टीहरूबाट सञ्चालन गरिएको कुरामा धेरै कुरा देख्यौँ । अन्त्यमा गएर भ्रष्टाचारमा लिप्त भए । मुलुकलाई दक्षताका साथ चलाउने उनीहरूमा क्षमता छैन । यो परिस्थितिलाई बुझेर मुलुकभर राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा धर्म, संस्कृति, परम्परा कायम राख्दै एउटै ठुलो फेरबदल मुलुकमा चाहिन्छ । चुनावबाट जनताको आवाज संसदमा दन्काइन्छ । सरकारबाट जे जति बेइमानी हुन्छ, त्यसको विरोध गर्न त्यसबारे सचेत गर्न राप्रपाका सम्पूर्ण उम्मेदवारहरूलाई विजयी गर्न यो मञ्चबाट आह्वान गर्न चाहन्छु ।’