
काठमाडौ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा आज दिउँसो पार्टीको केन्द्रीय कार्यालय, सानेपा पुगेका छन् । उनी विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको ९ दिनपछि पहिलोपल्ट पार्टी मुख्यालय पुगेका हुन् ।
थापाले पदवहालीपछि आजै केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकले थापालाई भावी प्रधानमन्त्रीको घोषणा गरेर कांग्रेस निर्वाचनमा होमिने भएको छ । सानेपामा बिहानदेखि नै कांग्रेस नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ । सभापति थापा कार्यालय पुग्नासाथ उनको पक्षमा नारावाजी भएको थियो ।








Facebook Comments