
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनबाट कांग्रेस नयाँ बनेको बताएका छन् ।
पुस २७ देखि ३० सम्म काठमाडौंमा भएको पार्टीको विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि पहिलोपटक केन्द्रीय कार्यालय, सानेपा प्रवेश गरेका महामन्त्री पौडेलले कार्यालय परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै आजको केन्द्रीय समिति बैठकले निर्वाचन सम्बन्धी ठोस निर्णयहरू गर्ने पनि बताए ।
बैठकले गर्ने निर्णयले देशभर नयाँ तरंग सिर्जना गर्ने र कांग्रेसप्रति मतदाता आकर्षित गर्न महत्वपूर्ण हुने महामन्त्री पौडेलको भनाइ थियो ।
“हामीले विशेष महाधिवेशनबाट नीति र नेतृत्व परिवर्तन गर्दै त्यसलाई नयाँ दिशामा अघि बढाउने घोषणा गरेका छौँ, विशेष महाधिवेशनबाट कांग्रेस नयाँ बनेको त छ, अब यो कांग्रेसको नेतृत्वमा देश नयाँ बनाउने हो, महामन्त्री पौडेलले भने ।










Facebook Comments