काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका डा. बाबुराम भट्टराईले आज उम्मेदवारी फिर्ता लिने बताएका छन् ।

उनले आज बिहान नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर चुनावमा सहयोग गर्न आग्रह गरे पनि प्रचण्डले सहयोग गर्न नसकिने बताएपछि उनी उम्मेदवारी फिर्ता लिने निष्कर्षमा पुगेका छन् ।

ad

उनले भिडिओ सन्देश जारी गर्दै ‘संसदीय निर्वाचनमा सहभागी भएर सांसद मात्रै रहेर रहनुभन्दा सबै साथीहरुको आग्रहबमोजिम मैले बाहिर रहेर नै दलहरुलाई सघाउने र भोलि आवश्यक पर्दा अभिभावकीय भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ भन्ने ठानेर मनोनयन फिर्ता लिने निर्णय गरेको बताएका छन् । 

आगामी दिनमा अग्रगामी सोच राख्ने राजनीतिक दल, समूह र व्यक्तिले चाहेअनुसार नै सहयोग गर्ने, समाज र देशको निम्ति निरन्तर लागिरहने पनि उनले प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् । उनले सन्देशमा भनेका छन्–म निरन्तर देशको अग्रगमनको पक्षमा, समृद्धिको पक्षमा, राष्ट्रिय स्वाधीनताको रक्षाको पक्षमा र खासगरी आगामी दिनमा जुन हामीले हिजोदेखि कायम, यो लागू गर्न नसकेको बृहत् शान्ति सम्झौतालाई कार्यान्वयन गर्ने कुरा छ, अहिले जेन्जी विद्रोहपछि जेन्जी समूहसँग राज्यले गरेको सम्झौता छ, यिनीहरूको कार्यान्वयन गर्नको निम्ति मैले आफ्नो तर्फबाट साथ सहयोग गर्ने नै छु । र आवश्यक पर्ने भूमिका म निःशर्त रूपमा, निस्वार्थ ढंगले मैले निर्वाह गर्ने नै छु ।