काठमाडौं । आज श्रीपञ्चमीका दिन देशभर विद्याकी देवी अर्थात् सरस्वतीको पूजा–आराधना गरी विविध कार्यक्रम आयोजना गरि सरस्वती पूजा मनाईयो ।


प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन पर्ने यो दिनमा सरस्वतीको पूजा तथा आराधना गरे ज्ञान, विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । विद्यालय नपठाईएका साना बालबालिकाहरूलाई आजकै दिनदेखि अक्षराम्भ गराउने प्रचलन रही आएको छ ।

ad

श्रीपञ्चमीको दिन बालबालिकाहरूलाई लेखपढ गर्न सिकाए उत्कृष्ट विद्याआर्जन गर्ने धार्मिक विश्वास रहेको पाइन्छ । यसैगरी आज श्रीपञ्चमी अर्थात सरस्वती पुजाको दिन स्कूलहरूले विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ सरस्वति पुजा मनाएका छन् ।

यसैक्रममा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं १ लौहकिल्थली प्लानिङमा अवस्थित कखरा प्रि स्कूलले  सरस्वती पुजा धुमधामसंग मनाउनुका साथै अक्षराम्भ कार्यक्रम गरेको छ। आज सरस्वती पुजाको दिन नयाँ भर्ना हुने नानीबाबुहरुलाई विशेष छुटको व्यवस्था समेत स्कूलले गरेको छ ।

पुजामा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।  कखरा प्रि स्कुलमा अत्याधुनिक भौतिक संरचना, दक्ष शिक्षकमण्डल, र नवीनतम शिक्षण प्रविधिहरूले गर्दा यो स्कुल  अभिभावकहरूको पहिलो रोजाइ बन्न पुगेको छ ।