
काठमाडौं । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ ।
गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ५२ प्रतिशत अर्थात् रु १६ अर्ब ४३ करोड बढीको निर्यात भएको छ ।
गत आवको ६ महिनाको अवधिमा भने रु ३१ अर्ब ६७ करोड मूल्यबराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको ६ महिनाको तुलनामा चालु आवमा यहाँबाट हुने निर्यात ५२ प्रतिशतले बढेको बताए ।
चालु आवको ६ महिनामा रु २५ अर्ब ४२ करोड मूल्यको भटमासको तेल प्रशोधित निर्यात भएको छ । रु तीन अर्ब ४८ करोड मूल्य पर्ने फलफूलको जुस र तीन अर्ब ५५ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ ।
त्यस्तै रु दुई अर्ब २५ करोड मूल्यको प्रशोधित पाम तेल निर्यात भएको छ । त्यस्तै रु एक अर्ब ७८ करोड मूल्य पर्ने विभिन्न किसिमका कपडा निर्यात भएको छ ।










Facebook Comments