काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले बिहीबर पदबाट राजीनामा दिएको पार्टी कार्यालयले जनाएको छ । 

कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि पौडेलल मुख्यसचिव पदबाट राजीनामा दिएको बताइएको छ । 

ad

तत्कालीन महामन्त्री गगनकुमार थापाको सभापतित्वमा यही माघ १ गते नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको थियो । 

उक्त कार्यसमितिको बैठक पहिलोपटक शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।