काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी फागुन २१ गतेको चुनावमा आफ्नो पार्टीले १०० सिट जित्ने दाबी गरेका छन् । 

विराटनगरमा पत्रकारहरूसँगको संवादका क्रममा महामन्त्री घिमिरले समानुपातिकतर्फ पनि कम्तीमा ३५ लाख मत ल्याउने दाबी गरे ।

ad

विशेष महाधिवेशनपछि पार्टी एक भइसकेको अवस्थामा प्रत्यक्ष र समानुपातिक दुवैमा कांग्रेसले ठूलो सफलता पाउने उनले दाबी गरे।

२०७९ को निर्वाचनमा जितेका र हजारभन्दा कम मतले गुमाएका सिटको समेत हिसाब गर्दा प्रत्यक्षतर्फ १०० सिटमा जित निकाल्न सकिने उनको तर्क छ । 

फागुन २१ गतेको निर्वाचनपछि संसदीय दलको नेतामा सभापति गगन थापा सर्वसम्मत हुने बताए । थापाले संसदीय दलको नेता बनेर प्रधानमन्त्रीका रुपमा देशको नेतृत्व गर्ने पनि उनले उल्लेख गरे।

घिमिरले संसदीय निर्वाचनको नतिजापछि सरकार गठनमै केही महिना जाने भएकाले वैशाखमा महाधिवेशन हुन नसक्ने बताए । एक वर्षभन्दा बढी महाधिवेशन सार्न नमिल्ने विधानको व्यवस्था रहेको स्मरण गराउँदै उनले १५ औँ महाधिवेशन वैशाखमा गर्न उचित नहुने बताए । 

घिमिरेले २०८३ सालको पुस मसान्तसम्ममा पन्ध्रौँ महाधिवेशन गर्नुपर्ने पनि उल्लेख गरेका छन् ।