
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शुक्रबार चार प्रदेशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ ।
बुधबार जारी मौसम बुलेटिनअनुसार शुक्रबार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपातको समेत सम्भावना रहेको छ ।
हिमपातको कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएको विभागले जानकारी दिएको छ ।








Facebook Comments