काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध परेको उजुरी दरपीठ भएको छ।  

नेपालले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् ।

ad

नेकपाका सहसंयोजक समेत रहेका नेता नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै रौतहट क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामनरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा उजुरी दिएका थिए।  
 
पताञ्जली योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा माधवकुमार नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको र मिसिल झिकाउने आदेश आएपछि भ्रष्टाचार मुद्दा दायर भई निलम्बित अवस्थामा रहेका व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम निर्वाचन लड्न अयोग्य हुने भएकाले उनको उम्मेदवारी खारेज गर्नुपर्ने मागसहित उजुरी दर्ता गराइएको भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय रौतहटले उजुरी दर्ता गर्न नमिल्ने हुँदा दरपीठ गरिदिएको र अन्य निवेदन नपरेकाले दरपीठ गरिदिएको रौतहट क्षेत्र नम्बर एकका मुख्य निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिए।