काठमाडौं । गण्डकी विश्वविद्यालयको उपकुलपतिमा सहप्रध्यापक डा. कृष्णराज अधिकारी नियुक्त भएका छन् । 

न्यायिक परिषद्‌ले पठाएका ३ जनाबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकारीलाई माघ ४ गते नियुक्त गरेका हुन् ।

ad

फागुन २१ गते हुने निर्वाचनको मौन अवधि सुरु हुनुअघि माघ ४ गते नै छनोट समितिले मेरिटको आधारमा ३ जनाको नाम पठाएको थियो । 

मुख्यमन्त्री पाण्डेले १ नम्बरमा सिफारिस भएका प्रा.डा. अधिकारीलाई नियुक्त गरेका हुन् । अधिकारीले बुधबार पदभार ग्रहण गरेका छन् ।