
काठमाडौं । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौं आइपुगिसकेको जानकारी दिए । अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडेको हो ।
विभागका महानिर्देशक तिवारीले यसरी अहिलेसम्म ४०० भन्दाबढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका बताए।
डिपोर्ट हुनेहरू कागजात नभेटिएका, गैरकानुनी बसेका, अध्यागमन कानुन उल्लंघन गरेकालगायत रहेको विभागले जनाएको छ ।
उनीहरूमाथि अहिले प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको र बेचबिखनमा परेको भए उजुरी दिन ब्युरोले अनुरोध गरेको छ ।










Facebook Comments