
काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज बिहान उपप्रमुख चित्रसेन अधिकारीसमक्ष राजीनामा दिएकी छन्। दाहाल चितवन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराउने तयारीमा छिन्।
उपरोक्त सम्वन्धमा म नगर प्रमुख रेनु दाहाल २०८२ फागुन २१ मा तोकिएको प्रतिनिधि सभा निर्वाचनमा यसै चितवन जिल्लाको क्षेत्र नं। ३ बाट उमेदवार हुने हुँदा नेपालको संविधान २०७२ को धारा २१६ को उपधारा ८ ९ख० र निर्वाचन आचार सहिता २०८२ को दफा ३८ समेतका आधारमा मैले भरतपुर महानगरपालिकाको नगर प्रमुख पद बाट यो राजिनामा गरेको छु, राजीनामा पत्रमा भनिएको छ– मेरो नगर प्रमुखको कार्यावधि भर उचित सहयोग गर्नु भएकोमा नगर उपप्रमुखज्यू सहित सम्पूर्ण जनप्रतिनिधिज्यूहरु र कर्मचारीहरु तथा आम नगरवासि सवै प्रति आभार सहित धन्यवाद ज्ञापन गर्दछु ।
भरतपुर महानगरको सम्वृध्दि, सुसासन, विकाश र सामाजिक न्यायको अभियानमा मेरो निरन्तर सहयोग रहने छ ।










Facebook Comments