
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले मोरङ–६ बाट कांग्रेस नेता डा. शेखर कोइरालालाई टिकट दिएको छ ।
६ वटा क्षेत्र रहेको मोरङमा सबै क्षेत्रमा उम्मेदवारको टुङ्गो लागेको छ । जस अनुसार क्षेत्र नम्बर १ मा खड्ग फागो, क्षेत्र नम्बर २ मा डा. मिनेन्द्र रिजाल, क्षेत्र नम्बर ३ मा डा. सुनील शर्मा, क्षेत्र नम्बर ४ मा गुरुराज घिमिरे, क्षेत्र नम्बर ५ मा फुलकुमार लालवानी र क्षेत्र नम्बर ६ मा डा. शेखर कोइरालालाई उम्मेदवार बन्ने भएका छन् ।








Facebook Comments